गोरखामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात जना गम्भीर घाइते (भिडिओ) – Nepal Press

गोरखामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात जना गम्भीर घाइते (भिडिओ)

पोखरा । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोरखा बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको प्रदेश ३ ०१-००३ क ६१७० नम्बरको मिनी ट्रक सोमबार बिसौनी मोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

ट्रक सडकबाट करिब २० फिट तल खसेको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर