उपराष्ट्रपतिमा दिएको उम्मेदवारी निष्क्रिय बनाउने प्रमिला यादवको घोषणा – Nepal Press

उपराष्ट्रपतिमा दिएको उम्मेदवारी निष्क्रिय बनाउने प्रमिला यादवको घोषणा

काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी छन् । जसपाकै रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी हुन् ।

आइतबार नै निर्धारित समयमा उम्मेदवारी फिर्ता गराउने जसपाको तयारी भएपनि प्रमिलाले फिर्ता लिएकी थिइनन् । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावलीमा चारैजनाको नाम प्रकाशन गरिसकेको छ ।

प्रमिलाले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता यादव नै उप-राष्ट्रपति योग्य र सक्षम उम्मेदवार भएको उल्लेख गरेकी छन् ।

उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

उनले पार्टीकै निर्देशनमा उम्मेदवार दर्ता गराएकी थिइन् । अब गठबन्धनमा रहेको जनतम पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर