नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारा साँगाचोकगढीलाई – Nepal Press

नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारा साँगाचोकगढीलाई

सिन्धुपाल्चोक । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजना र सुनकोशी गाउँपालिकाको सह–आयोजनामा सिन्धुपाल्चोकमा सम्पन्न नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले जित्न सफल भएको छ ।

फागुन २६ देखि २८ सम्म सुनकोशी गाउँपालिकाको बसन्तपुर खेल मैदानमा भएको रनिङ शिल्डमा उपाधि च्याम्पीयन हुदै चौताराले उपाधिमा लगातार तेस्रो पटक कब्जा जमाएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले लगातार तेस्रो पटक उपाधि जित्दै सधैको लागि शिल्ड आफ्नो कब्जामा लिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले २५ स्वर्ण, ६ रजत र १२ कास्य जितेको थियो । त्यस्तै हेलम्बु गाउँपालिकाले ६ स्वर्ण, ७ रजत र १ कास्य पदक जित्दै टिम दोस्रो भएको छ । सह–आयोजक समेत रहेको सुनकोशी गाउँपालिकाले भने ५ स्वर्ण, ९ रजत र ४ कास्य पदक जित्दै टिम तेस्रो हुन सफल भएको छ ।

एथलेटिक्स, तेक्वान्दो, कराते, उसु,महिला र पुरुष भलिबल, कबडी लगायतका खेलहरु प्रतियोगीतामा सहभागी गराइएको थियो । जिल्लाका १२ स्थानीय तहका झण्डै ५ सय बढी खेलाडीहरु प्रतियोगीतामा सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरेश रानाले जानकारी दिए ।

स्थानीय स्तरमा भएको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेताहरुले जिल्ला स्तरीय प्रतियोगीतामा सहभागीता गराइएको थियो। विद्यालय माझ लोकप्रिय रहेको राष्ट्रपति रनिङ शिल्डको सबैभन्दा आर्कषक विद्या महिला र पुरुष भलिबलको उपाधि भने हेलम्बु गाउँपालिकाले जितेको छ ।

जिल्ला स्तरीय प्रतियोगीतामा उत्कृष्ट हुने खेलाडीहरुले अब प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलकुद विकास समितिका अध्यक्ष रानाले जानकारी दिए । विजयी खेलाडीहरु तथा स्थानीय तहलाई वागमती प्रदेशका पुर्व उद्योग,पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपाल र सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर