मनाङसँगको बराबरीसँगै साविक विजेता मछिन्द्रले जोड्यो पहिलो अंक – Nepal Press

मनाङसँगको बराबरीसँगै साविक विजेता मछिन्द्रले जोड्यो पहिलो अंक

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबसँग गोलरहित बराबरी खेलेसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टीमले गोलका लागि मौका बनाए पनि फिनिसिङमा चुक्दा दुवै टीम अंक बाँडेका हुन् ।

बराबरीसँगै मछिन्द्रले पहिलो अंक जोडेको छ । लिगको पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३-१ र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग २-० ले पराजित भएको थियो ।

यस्तै, मनाङले तीन खेलबाट पाँच अंक जोडेको छ । पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटा क्लबलाई १-० ले हराएको थियो ।

आजै च्यासल रंगशालामा भएको खेलमा आर्मी र न्यूरोड टीम (एनआरटी)ले ३-३ गोलको बराबरी खेलेका छन् । आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जले एक-एक गोल गरे ।

यस्तै, एनआरटीका लागि लालमिन्जामाले दुई तथा जिन बोउमीले एक गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर