अहिलेको सरकारमा सहभागी हुने सोच छैन : राजेन्द्र लिङदेन (भिडिओ) – Nepal Press

अहिलेको सरकारमा सहभागी हुने सोच छैन : राजेन्द्र लिङदेन (भिडिओ)

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको प्रष्ट्याएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङदेनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताएका हुन् । वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको उनले बताए ।

उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषय छिट्टै पार्टीले निर्णय गर्ने लिङदेनले जानकारी दिए ।

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको जिकिर गरे ।

कार्यक्रममा कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्यलगायतका नेता प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर