यूएईविरुद्ध संघर्ष गर्दै नेपाल, २८ ओभरमा १०० रन पार – Nepal Press

यूएईविरुद्ध संघर्ष गर्दै नेपाल, २८ ओभरमा १०० रन पार

काठमाडौं। विश्वकप लिग—२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अहिले यूएईसँग नेपालले खराब सुरुवात गरेर पनि सम्हालिने प्रयास गरिरहेको छ।

नेपालले २८ ओभरमा ४ विकेट गुमाएर एक सय २ रन जोडेको छ। नेपालले २२ रन जोड्दा ३ विकेट गुमाएको थियो भने सुरुको १० ओभरमा केवल ३३ रन जोडेको थियो।

कप्तान रोहित पौडेल र भीम सार्कीबीच चौथो विकेटका लागि ५४ रनको साझेदारी भएको थियो। त्यसपछि रोहित आरिफबीच २६ रनको साझेदारी भइसकेको छ। रोहित ३७ र आरिफ १५ रनमा खेल्दैछन्।

नेपालका प्रारम्भिक ब्याट्सम्यानद्धय आसिफ शेख शून्यमा आउट भए भने कुशल भुर्तेलले ८ रन जोडे। कुशल मल्ल ९ रन बनाएर आउट भए। भीमले २९ रन जोडे।

नेपालले टस जितेर ब्याटिङ रोजेको छ। यो खेल जिते नेपालले विश्वकप लिग-२ को शीर्ष-५ भित्र पर्ने पक्का गर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर