इटहरीका पूर्व मेयर द्वारीकलाल एमालेमा फर्किए, भन्छन्- मैले बनाएको घरमा अरूको रजाइँ सहन सकिन – Nepal Press

इटहरीका पूर्व मेयर द्वारीकलाल एमालेमा फर्किए, भन्छन्- मैले बनाएको घरमा अरूको रजाइँ सहन सकिन

विराटनगर । इटहरी उप महानगर पालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी पुन: एमालेमा फर्किने भएका छन् ।

एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार भएका थिए ।

मेयर हुँदा विवाद र चर्चामा आएका चौधरी काङ्ग्रेस सँगको गठबन्धन हुँदा समेत सुनसरी २(१) बाट पराजित भए ।

निर्वाचनमा पराजित भएपछि मौन रहेका चौधरीले आफ्नो घरमा अरू आएर रजाइँ गरेकाले एमालेमै फर्किएको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भने- सुनसरीमा एमाले बनाउन द्वरीकले जति मेहनत कसले गरेको छ ? १,२,३,४ नाम दिनुस् ।

एमाले बनाउने म रजाइँ गर्ने अरू ? प्रश्न गर्दै उनले आफूले बनाएको घर फर्कन कसैलाई सोध्न नपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर