स्ववियु निर्वाचन : मकवानपुरमा एमाले-समाजवादी र विप्लव मिल्दा कांग्रेस-माओवादी र राप्रपाको गठबन्धन – Nepal Press

स्ववियु निर्वाचन : मकवानपुरमा एमाले-समाजवादी र विप्लव मिल्दा कांग्रेस-माओवादी र राप्रपाको गठबन्धन

हेटौँडा । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि स्ववियु निर्वाचन हुने मकवानपुर जिल्लाभरिका ८ वटा क्याम्पसमा गठबन्धन गरेर उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचनमा नेकपा एमालेसँग एकीकृत समाजवादी तथा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थीहरू एक भएका छन् भने नेपाली कांग्रेस, माओवादी केन्द्र तथा राप्रपाका विद्यार्थीहरू एक ठाउँमा उभिएका छन् ।

एमाले निकट अनेरास्ववियुले ८ मध्ये ४ वटा क्याम्पसमा सभापति लिएको छ भने नेकपा एस निकट अनेरास्ववियूले २ क्याम्पसमा सभापति लिँदा विप्लवनिकट विद्यार्थी संगठनले एउटा क्याम्पसमा सभापति लिएको छ।

यता, अर्को गठबन्धनतर्फ नेविसंघले ३ वटा क्याम्पसमा, अनेरास्ववियु क्रान्तिकारीले दुईमा र राप्रपाले १ क्याम्पसमा सभापति लिएको छ । यस्तै फरेस्ट्री क्याम्पसमा नेविसंघ र क्रान्तिकारीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् ।

पालुङ बहुमुखी क्याम्पसमा भने सबै दलको सर्वसम्मतमा पदाधिकारी टुङ्गिएको छ । पालुङ बहुमुखी क्याम्पसको सभापति माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले पाएको छ भने अन्य विद्यार्थी संगठहरुले सभापति बाहेकका पदाधिकारी बाँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर