मधेसमा उपेन्द्र यादवविरुद्ध तीन दलीय मोर्चा- जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति – Nepal Press

मधेसमा उपेन्द्र यादवविरुद्ध तीन दलीय मोर्चा- जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

काठमाडौं । लोसपा नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ ।

सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् ।

तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दीको सन्देश दिएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि पनि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । यद्यपि दुवै दल १० दलीय गठबन्धनमा सहभागी छन् ।

जसपाबाट दुईजनाले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

One thought on “मधेसमा उपेन्द्र यादवविरुद्ध तीन दलीय मोर्चा- जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

  1. एमालेकी अष्टलक्ष्मी पो उपराष्ट्रपति हुने सम्भावना देखियो त । अब जसपाकोलाई माओवादी, एस र केही काँग्रेसले भोट हाल्ने, अनि धेरै काँग्रेसले ममतालाई भोट हाल्ने । यसो गर्दा दुबैले हार्ने र अष्टलक्ष्मीले जित्ने । यो हुने बितिक्कै दुवै समूहले माओवादीसँग चिढिएर प्रचण्डलाई विश्वासको मत नदिएर प्रचण्ड सरकारबाट हटने अनि देउवा प्रधानमन्त्री । दिल्लीको चाल हेर त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर