स्ववियु निर्वाचन : जनकपुरको राराब क्याम्पस सभापतिमा ६ जनाको उम्मेदवारी – Nepal Press

स्ववियु निर्वाचन : जनकपुरको राराब क्याम्पस सभापतिमा ६ जनाको उम्मेदवारी

जनकपुरधाम । धनुषाको जनकपुरमा रहेको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

यहाँको स्ववियु निर्वाचनमा नेपाली कांग्रेसका विद्यार्थी संगठन एक्लै भिड्दै छन् भने जनता समाजवादी पार्टी (जसपा)सँग नेकपा एमालेसहितका विद्यार्थी संगठनबीच तालमेल भएको हो ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघले मनिष कुमार यादवलाई सभापतिमा उठाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा उम्मेदवार बनेका हुन् ।

जसपा, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यो क्याम्पसको स्ववियु निर्वाचनमा तालमेल गरेका छन् । यी ५ दलको तर्फबाट जसपाबाट गौतम यादवलाई सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत संघका इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहका कन्हैया कुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्का अभिषेक साह पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।

अगामी चैत ५ गते हुने स्ववियु निर्वाचन हुँदैछ । २१ सदस्यीय कार्य समितिका लागि हुने निर्वाचनमा राराब क्याम्पसको स्ववियु सभापतिमा ६ जना सभापतिसहित ८८ जनाले उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर