उपत्यकाका २८ क्याम्पसमा सत्तारुढ विद्यार्थीको गठबन्धन, कुन क्याम्पसको सभापति कसले पाए ? (सूचीसहित) – Nepal Press

उपत्यकाका २८ क्याम्पसमा सत्तारुढ विद्यार्थीको गठबन्धन, कुन क्याम्पसको सभापति कसले पाए ? (सूचीसहित)

काठमाडौँ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्ता गठबन्धननिकट तीन विद्यार्थी संगठनहरुबीच तालमेल भएको छ ।

नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र नेकपा एसनिकट अनेरास्ववियूबीच क्याम्पसहरुको भागबण्डा समेत टंगिएको छ ।

अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच उपत्यकाका ठुला क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए ।

उनका अनुसार अनुसार नेविसंघले १५ क्याम्पस, अखिल क्रान्तिकारीले १० क्याम्पस र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति लिनेगरी तालमेल भएको छ ।

नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्दमकन्या, शंकरदेव, मिनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगंज, टिचिङ् नर्सिङ्, आयुर्वेद क्याम्पस, जन प्रशासन, सरस्वती, ग्रमिण आदर्श, कोटेश्वर,भक्तपुर बहुमुखी, केआईसी कालिमाटी रशिक्षा क्याम्पस थलीको सभापति पाएको छ ।

त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले थापाथली, सानोठीमी, पुल्चोक, नेपाल ल, पब्लिक युथ, विश्वभाषा, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसको सभापति पाएको छ ।

त्यस्तै नेकपा एसनिकट अनेरास्ववियूले आर आर , महेन्द्र रत्न ताहाचल र बानेश्वर क्याम्पसको स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ ।

तीनै संगठनका अध्यक्ष दुजाङ शेर्पा, पन्चा सिंह र सुदेश पराजुलीले सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर