प्रचण्डको घोषणा- केही दिनमै समाजवादी मोर्चा बन्छ, माओवादी धारसहितको शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ – Nepal Press

प्रचण्डको घोषणा- केही दिनमै समाजवादी मोर्चा बन्छ, माओवादी धारसहितको शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै समाजवादी मोर्चा बन्ने निर्माण गर्ने घोषणा गरेका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा बनाएर कम्युनिष्टहरूको बृहत्तर एकताकालागि बहस सुरू गरिने बताएका हुन् ।

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’ उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ।’

माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्नेमा सबै एकमत रहेको बताए ।

प्रचण्डले समाजवादी मोर्चा बनेपछि कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने र त्यसको पहल माओवादीहरूले नै गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीहरूको एकताको पक्षमा छ। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।’


प्रतिक्रिया

One thought on “प्रचण्डको घोषणा- केही दिनमै समाजवादी मोर्चा बन्छ, माओवादी धारसहितको शक्तिशाली कम्युनिस्ट केन्द्र बन्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर