यी हुन् ममता झाका प्रस्तावक र समर्थक, सत्ता गठबन्धनका ठूला दलका नेता बसेनन् – Nepal Press

यी हुन् ममता झाका प्रस्तावक र समर्थक, सत्ता गठबन्धनका ठूला दलका नेता बसेनन्

काठमाडौं । सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झा ले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । शनिवार संसद भवनमा पुगेर १० दलीय गठबन्धनको तर्फबाट उनले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी दर्ताका क्रममा जनमतका नेताहरु पुगेपनि शीर्ष दलका नेताहरु भने पुगेका छैनन् । झा को प्रस्तावक अब्दुल खान अनिता देवी गंगाराम चौधरी अविराम शर्मा रूपा कुमारी यादव रहेका छन् भने समर्थक गोमा लाभ सापकोटा विनिता कुमारी सिंह वसन्तकुमार कुहवाह रामप्रकाश चौधरी रानीकुमारी तिवारी रहेका छन् ।

निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ । यसैगरी सत्ता पक्षबाटै जसपाका दुई जनाले उम्मेदवारी दिइसकेको छन् ।

नेकपा एमालेबाट पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर