सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा एक पुरुषसहित तीनजनाको उम्मेदवारी (भिडिओ) – Nepal Press

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा एक पुरुषसहित तीनजनाको उम्मेदवारी (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुबीचसहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् ।
जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी भएको छ ।बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निस्कर्षबिहीन भएको र आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने जनमतका अध्यक्ष डा. सिके राउतले बताए ।

उनले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताए। उनले जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको बताए।

उनले भने, ‘ उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ । हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा रिस्क नलिने भन्नेकुरा भयो । किनभने त्यसमा निर्वाचन आयोगले जुन निर्णय गरेको छ । त्यसमा संविधानको धारा ३८ कोर्ट गरिएको छ । त्यो आधारमा जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्नेछ । आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ । भोलिसम्ममा निस्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ । गठबन्धनबाट ३ जना उम्मेदवार हुने सम्भावना देखिएको छ ।  जसपाबाट २ जना उम्मेदवार बनाउने अवस्था देखिएको छ ।’

अध्यक्ष राउतले गठबन्धनबाट आज तीन जनाको उम्मेदवारी पर्ने अवस्था देखिएपनि आईतवारसम्म सर्वसम्मतिले एक जना मात्रै उम्मेदवारी हुने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर