लिजेन्ड्स लिगमा पारसकाे ब्याटिङ: २ बलमा ३ रन हानेर नटआउट – Nepal Press

लिजेन्ड्स लिगमा पारसकाे ब्याटिङ: २ बलमा ३ रन हानेर नटआउट

काठमाडाैं। लिजेन्ड्स लिग क्रिकेट मास्टर्सकाे पहिलाे म्याचमा एसिया लायन्सले इन्डिया महाराजाजलाई १६६ रनकाे लक्ष्य दिएकाे छ । एसिया लायन्सका लागि पाकिस्तानी ब्याट्सम्यान मिसवाह उल हकले ७३ रन बनाए ।

टस जितेर ब्याटिङ राेजेकाे एसियाले खराब सुरूवात गरेकाे थियाे । १८ रनमा दुई विकेट गुमाएपछि मिसवाहले उपुल थरंगासँग सतकीय साझेदारी गरे । पटक पटक जीवनदान पाएका थरंगा ३९ बलमा ४० रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

एसिया लायन्सबाट नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले पनि खेलेका छन् । आजकाे म्याचमा आठाैं नम्बरमा आएका उनले २ बल मात्र खेल्न पाए । पारसले स्टुअर्ट बिन्नीले फ्याँकेकाे अन्तिम ओेभरकाे चाैंथाे बलमा १ रन र छैटाैं बलमा दुई रन लिएर नटआउट रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर