सभामुख घिमिरे ९ सदस्यीय टोलीको नेतृत्व गर्दै बहराइन प्रस्थान – Nepal Press

सभामुख घिमिरे ९ सदस्यीय टोलीको नेतृत्व गर्दै बहराइन प्रस्थान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १४६ औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन प्रस्थान गरेका छन् ।

उनीहरु आज साँझ ७ बजे फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट दुबई हुँदै मानमा प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा सांसदहरु रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सदस्इ ईन्दु कडरिया, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश र संघीय सचिवालयका शाखा अधिकृत राजन घिमिरे सहभागी छन् ।

सभामुख घिमिरेले ‘प्रोमोटिङ पिशफुल कोएक्जिस्टेन्स एण्ड इन्क्लुसिभ सोसाइटीजः फाइटिङ इन्टोलेरेन्स’ विषयको जेनरल डिबेटमा संसदको तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको संद्धीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले विप्तिमार्फत जानकारी दिएका छन् ।

टोलीले फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिनेछ ।

सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर