वीरेन्द्रनगरका अतिविपन्न नागरिकको गरियाे स्वास्थ्य बीमा – Nepal Press

वीरेन्द्रनगरका अतिविपन्न नागरिकको गरियाे स्वास्थ्य बीमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमको सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच वीरेन्द्रनगर चार जना अतिविपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गरेर कार्यक्रमको सुरु गरिएको हो ।

नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले उक्त चार जना अति विपन्न परिवारका सदस्यलाई बीमा परिचय पत्र हस्तान्तरण गरेकी हुन् ।

नगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम गर्न बजेट विनियोजन गरेको थियो । नगर प्रमुख ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पुर्याउन नगरपालिकाले उत्साहपूर्ण र महत्वकांक्षी योजनाका रूपमा बीमा कार्यक्रमको शुभारम्भ गरेको बताइन् ।

‘स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउँदै नेपालको संविधानले समाजवादको नीति लिए अनुरुप राज्यबाट प्रवाह हुने सेवा सुविधा हरेक नागरिकले सहज पाउनु पर्ने भन्ने छ,’ नगर प्रमुख ढकालले भनिन्, ‘नेपाल सरकारले तोकेको अतिविपन्न पहिचानको मापदण्डलाई अनुसरण गर्दै आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर हामीले यो कार्यक्रम सुरुवात गरेका हौँ ।’

स्वास्थ्य क्षेत्रका लागि स्थानीय सरकारले ल्याएको बीमा कार्यक्रमले लक्षित वर्गलाई लाभ पुग्ने विश्वास लिएको ढकालको भनाइ थियो ।

स्वास्थ्य बीमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अतिविपन्न परिवारको पहिचान गरी बीमा कार्यक्रममा समावेश गरिने नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बीमा गर्दा लाग्ने ३५०० बराबरको रकम तिरी दिनेछ । हालसम्म नगरपालिकामा करिब तीन सय जनाले बीमाका लागि निवेदन दिएका छन् । सुर्खेत यो कार्यक्रम २०७४ लागू भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर