उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय भनिएको छ, महिला अनिवार्य छैन : पूर्णबहादुर खड्का – Nepal Press

उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय भनिएको छ, महिला अनिवार्य छैन : पूर्णबहादुर खड्का

‘विज्ञप्ति सही छ तर आयुक्तको अभिव्यक्ति सत्य भए संविधान विपरीत’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानले उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको हुनुपर्छ भनेर प्रष्ट भनेको दाबी गरेका छन् ।

नौ दलीय गठबन्धनको कार्यदलको सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एउटै समुदायको पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुन संविधानले व्यवस्था गरेको बताए ।

उनले भने, ‘तर, फरक समुदायको राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्छ भनेर संविधानले जे व्यवस्था गरेको छ । त्यो व्यवस्थाको विपरित निर्वाचन आयोगले निर्णय गरेको छ। मिडियामा त्यसबारेमा प्रमुख आयुक्तले बोल्नुभएको भन्ने खबर आएको छ । उहाँको निर्णय संविधानको व्यवस्था अनुकुल छैन ।’

निर्वाचन आयोगको विज्ञप्तिमा पनि फरक लिंग वा समुदाय हुनुपर्छ भनिएपनि प्रमुख आयुक्तको बोलेको कुरा संविधान विपरीत भएको तर्क गरे ।

‘आयोगको विज्ञप्तिपछि प्रमुख आयुक्तज्यूको प्रेसमा बोलेको कुरा आएको छ। उहाँहरुले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा मिल्दैन । संविधानले फरक लिंग वा समुदाय भनेर प्रष्ट भनेको छैन। त्यसकारण पुरुप राष्ट्रपति हुँदा महिला उपराष्ट्रपति हुनैपर्छ भन्ने व्यवस्था गरेको छैन’ उनले भने ।

प्रमुख आयुक्तको भनाइ सत्य भए गठबन्धनमा छलफल गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर