उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्तिको दाबी, उम्मेदवार टुंग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै – Nepal Press

उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्तिको दाबी, उम्मेदवार टुंग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । ९ दलीय गठबन्धनमा उपराष्ट्रपतिको विषयले विवाद बल्झिने संकेत देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीको दाबीले गठबन्धनमा विवाद बढ्ने देखिएको हो ।

उपराष्ट्रपतिको बारेमा छलफल गर्न आज गठबन्धनको बैठक बस्ने तयारी भएको छ । पूर्णबहादुर खड्का नेतृत्वको गठबन्धन कार्यदलको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने तयारी भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

शीर्ष नेताहरूबीचको बैठक पनि बस्ने तयारी भएपनि समय टुंगो नलागेको उनले बताए ।

जसपाले बिहीबार उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा उपेन्द्र यादव उपचुनाव लड्ने तयारीमा छन् । तर, नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आजै बिहानमात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर