अत्यधिक रक्तस्रावका कारण बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु – Nepal Press

अत्यधिक रक्तस्रावका कारण बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु

कैलाली । अत्यधिक रक्तस्रावका कारण बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको थप उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुई शिशु जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि अछामको बयलपाटा अस्पतालमा लिँदै गर्दा बाटोमा मृत्यु भएको नगर स्वास्थ्य संयोजक दीपक बहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घरमै एक छोरी जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले बिहीबार दिउँसो बह्रमतोला स्वास्थ्य चौकी पुर्‍याएका थिए। उनले अस्पतालमा अर्की छोरीलाई जन्म दिइन्। तर, उक्त शिशुको मृत्यु भयो । त्यो बेला सम्म उनी अचेत भइसकेकी थिइन् ।
अत्यधिक रक्तस्राव पछि स्वास्थ्य केन्द्रले बयलपाटा अस्पताल रिफर गरेको थिए। उनलाई अस्पताल पुराउनु अघि नै बाटोमै मृत्यु भएको शाहले बताए ।

पहाडी जिल्लामा समयमा अस्पताल नपुराउँदा प्रत्येक बर्ष सुत्केरी तथा गर्भवती महिलाको ज्यान भइरहेको छ । तीन महिना पहिला पनि बुढीगंगा नगरपालिका वडा नम्बर ६ की नितु जैसीको पनि रक्तस्रावका कारण मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर