…भनूँ कि सबै ठीक छ, म आउँदैछु दशैंमा, चलचित्र ‘हल्कारा’को टिजर रिलिज (भिडिओ) – Nepal Press

…भनूँ कि सबै ठीक छ, म आउँदैछु दशैंमा, चलचित्र ‘हल्कारा’को टिजर रिलिज (भिडिओ)

वैशाख २९ गते देशभर प्रदर्शनमा आउने

काठमाडौं । ‘…भनूँ कि सबै ठीक छ । म आउँदैछु दशैंमा ।’ चर्चित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत चलचित्र ‘हल्कारा’को टिजरको पन्च लाइन हो यो । सामान्यतया नेपालीहरुका लागि दशैं आफ्नाहरुको पर्खाइ हो । त्यही पर्खाइको व्यग्रतालाई समेट्न खोजेको छ टिजरले ।

दर्शकहरुका लागि आगामी वैशाख २९ गतेदेखि देशभरका हलमा चल्ने ‘हल्कारा’ अमेरिकी फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टन र बाफ्टाको कर्माथान फेस्टिभलमा मनोनीत भएको फिल्म हो ।

भिडिओ

निर्माण पक्षले वैशाख २९ गते प्रदर्शनको मिति घोषणा गर्दै आज टिजर सार्वजनिक गरेको हो । यो फिल्म आइसफल प्रोडक्सन र कालीपार स्टुडियोले फिल्म निर्माण गरेका हुन् । यी तिनै निर्माण कम्पनी हुन् जसको ‘ऐना झ्यालको पुतली’ समीक्षात्मक रुपमा निकै रुचाइएको मात्रै नभएर नेपालबाट ओस्कारमा सिफारिस समेत भएको थियो ।

शीर्षक झैं टिजरले पात्रको कथा र व्यथा बोलेको अनुभूत हुन्छ । फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य अभिनय रहेको छ भने रामकृष्ण पोखरेल र विक्रम सापकोटाले निर्माण तथा निर्देशन विक्रम आफ्नै हो । फिल्ममा प्रकाश दाहालको पनि भूमिका प्रशंसनीय रहेको छ ।

त्रिपाठीले वर्ल्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए भने चिन्तन राजभण्डारीले सर्वश्रेष्ठ छायांकारको उपाधि हासिल गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर