नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव- राष्ट्रको हितमा कुठाराघात हुने कुनै काम नहोस् (भिडिओ) – Nepal Press

नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव- राष्ट्रको हितमा कुठाराघात हुने कुनै काम नहोस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रको हितलाई केन्द्रमा राख्न आग्रह गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि उनले भने, ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन ।’

उनले गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएकाले स्वभाविकरूपमा अगाडि बढ्ने बताए ।

उनले भने, ‘भागबण्डाको कुरा त्यति ठूलो कुरा भएनन् । भागबन्डामा अल्मलिने भन्दापनि देश र जनताको लागि के गर्ने चिन्ताको विषय छ । तर, हामी सुरूमा मैले के पाएँबाट सुरू गर्छौं ।’

राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविक‍रूपमा अगाडि बढ्ने नेपालले बताए । संविधान र अहिलेसम्मको उपलब्धि रक्षाको लागि आफूहरूले पनि साथ दिने उनको भनाई थियो ।


प्रतिक्रिया

2 thoughts on “नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव- राष्ट्रको हितमा कुठाराघात हुने कुनै काम नहोस् (भिडिओ)

  1. माकु नेपालको फुर्ती अति नै देखिने। उत्तर कोरियाका किम र डोनाल्ड ट्रम्पको वार्ता मैले गर्दा भएको हो भन्न सम्म भ्याए। पार्टी , नेपाली जनता र हजारौं कार्यकर्तालाई धोखा त माकु नेपालले दिएको कुरामा दुई मत छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर