रामचन्द्र पौडेलसँग फोटो खिच्न झुम्मिएका सांसद (तस्बिरहरू) – Nepal Press

रामचन्द्र पौडेलसँग फोटो खिच्न झुम्मिएका सांसद (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान जारी छ ।

मतदान चलिरहँदा ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग फोटो खिचाउने सांसदहरूको भीड पनि बढेको छ ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग मैदानमा रहेका पौडेल निर्वाचित हुने निश्चित प्राय: छ । संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान जारी रहँदा विश्राम कक्षमा रहेका पौडेलसँग सांसददेखि सर्वसाधारणसम्मलाई फोटो सेसनका लागि भ्याईनभ्याई छ ।

फोटो खिज्नका लाइन लागेकी कांग्रेस सांसद रुपा विकले भनिन्, ‘साँझदेखि उहाँलाई भेट्न त के नजिक जान पनि पाइँदैन । अहिले फोटो खिचिहाल्न पर्‍यो ।’

नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठसँग बसेर गफिरहेका बेला फोटो खिच्नेको भिडभाड बढेपछि पौडेल उठेर बाहिरिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर