नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु, पौडेलले खसाले पहिलो मत – Nepal Press

नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु, पौडेलले खसाले पहिलो मत

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।

उनी ९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् ।

नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

मतदान समय दिउँसो ३ बजेसम्म रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर