पीएनजीविरूद्ध टस हारेर पहिला ब्याटिङमा नेपाल – Nepal Press

पीएनजीविरूद्ध टस हारेर पहिला ब्याटिङमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपालले पहिला ब्याटिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा पीएनजीका कप्तान आसाद भालालेटस जितेर फिल्डिङ रोजेका छन् ।

यसअघि दुबईमा सम्पन्न शृङ्खलाको अन्तिम खेलमा यूएई विरूद्धकै टिमलाई निरन्तरता दिँदै नेपालले आज पीएनजीसँग भिड्नेछ ।

नेपाली टीम

रोहित पौडेल, दीपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करन केसी, सोमपाल कामी, कुशल भुर्तेत, भीम शार्की, कुशल मल्ल, आरिफ शेख, सन्दीप लामिछाने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर