ए डिभिजन लिग : आज दुई खेल हुँदै – Nepal Press

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लबले हराएको थियो । जावलाखेलले भने पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो ।

च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो ।

मच्छिन्द्र भने पहिलो अंकको खोजीमा रहेको छ । मच्छिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर