भारतीय अभिनेता सतीश कौशिकको निधन – Nepal Press

भारतीय अभिनेता सतीश कौशिकको निधन

काठमाडौं । भारतीय अभिनेता सतीश कौशिकको निधन भएको छ ।

बुधवार ६६ वर्षको उमेरमा उनको निधन भएको अभिनेता अनुपम खेरले पुष्टि गरेको इन्डियन एक्सप्रेसले जनाएकाे छ ।

हृदयाघातका कारण उनको निधन भएको बताइएको छ ।

उनको शव अहिले गुरुग्रामको फोर्टिस अस्पतालमा रहेको छ । पोस्टमार्टमपछि शव मुम्बई लगिने बताइएको छ ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर