ए डिभिजन लिग : सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित – Nepal Press

ए डिभिजन लिग : सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

काठमाडौं । सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जीत निकालेको छ । हिमालयन शेर्र्पाले विभागीय टोली नेपाल पुलिस क्लवलाई हराउँदै पहिलो जीत निकालेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले एपीएफ क्लवलाई १-० गोल अन्तरले पराजित गरेको हो । दशरथ रंगशलामा भएको अर्को खेलमा हिमालयन शेर्पालेपुलिसलाई १-० गोल अन्तरले नै पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोले एपीएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५औं मिनेटमा गरेको गोल निर्णायक भयो ।

अर्को खेलमा हिमालयन शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।

लिगअन्तर्गत बिहीवार दुई खेल हुनेछन् । पहिलो एन्फा कप्लेक्समा न्यूरोड टीम (एनआरटी) र जावलाखेल युथ क्लव तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर