राष्ट्रपति चुनावमा तटस्थ बस्नुपर्ने मत राप्रपामा बलियो, बैठक लम्बियो – Nepal Press

राष्ट्रपति चुनावमा तटस्थ बस्नुपर्ने मत राप्रपामा बलियो, बैठक लम्बियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको दिउँसो २ बजेदेखि जारी बैठक लम्बिएको छ । राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद हुँदा बैठक लम्बिएको हो ।

जारी बैठकमा अहिले २१ जनाले धारणा राखिसकेका छन् । राजसंस्थाको पक्षमा वकालत गर्ने पार्टी भएकाले अधिकांशले तटस्थ बस्न सुझाव दिएका छन् ।

राष्ट्रपतिमा नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । दुवैले यसअघि नै भेटेर भोट मागिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर