अमेरिकाबाट पार्सलमा नेपाल भित्रियो ७ केजी गाँजा, ३ जना पक्राउ – Nepal Press

अमेरिकाबाट पार्सलमा नेपाल भित्रियो ७ केजी गाँजा, ३ जना पक्राउ

काठमाडौं। अमेरिकाबाट आएको २ वटा पार्सलमा करिब ७ केजी गाँजा भेटिएको छ।

प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ६ केजी ९ सय ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

फागुन २१ गते अमेरिकाको लस एन्जलसबाट पठाइएको चकलेट एन्ड चाइल्ड गेम आइटम उल्लेख भएको पार्सलमा ४ केजी ५ सय ग्राम गाँजा भेटिएको छ।

चकलेटको बट्टाभित्र उक्त गाँजा राखिएको भेटिएको थियो। प्रहरीले उक्त पार्सल लिएर भारत लैजान लागेको अवस्थामा भारतको गुजरातका ३० वर्षीय निमेश अशोभाई दयानी र सर्लाहीका २८ वर्षीय फैज आलमलाई पक्राउ गरेको छ।

दयानी बसेको ठमेलस्थित कोठाबाट एक लाख ४० हजार रुपैयाँ बरामद भएको छ।

यस्तै सोही दिन नेपाल भित्रिएको अर्को एक पार्सलमा पनि २ केजी ४ सय ग्राम गाँजा भेटिएको छ।

होम डेकोर वाटर फाउन्टेन एन्ड चाइल्ड गेम आइटम लेखिएको उक्त पार्सल बुझ्न लागेका गोरखाका रूपक अर्याल पक्राउ परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर