डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा – Nepal Press

डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० गोलको नतिजामा पराजित गर्दै इङ्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न लिगको दोस्रो लेगमासमग्रमा (२-१) ले जित निकालेसँग चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा रहिम स्टर्लिङले ४३औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा काइ हार्भाटेजले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

यसअघिको पहिलो लेगमा डर्टमण्डले चेल्सीलाई १-० ले हराएको थियो ।

विश्वकपपछि डर्टमण्डले बेहोरेको यो पहिलो हार हो । यसअघि डर्टमण्डले लगातार १० खेलमा जित हासिल गरेको थियो ।

बुधबार राति नै भएको अर्को खेलमा क्लब ब्रुगलाई ५-१ ले पराजित गर्दै बेन्फिकाले पनि अन्तिम आठमा स्थान पक्का गर्यो । यो जितसंगै समग्रमा ७-१ को जित निकाल्दै बेन्फिकाले क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर