टिकटकमा भाइरल भएपछि यूट्यूबमा रिलिज भयो छक्कापञ्जाको ‘सिरुपाते जुंगा’ मा – Nepal Press

टिकटकमा भाइरल भएपछि यूट्यूबमा रिलिज भयो छक्कापञ्जाको ‘सिरुपाते जुंगा’ मा

काठमाडौं । चलचित्र रिलिज अगावै टिकटकमा भाइरल भएको ‘छक्कापञ्जा ४’ को ‘सिरुपाते जुंगा’ बोलको गीत सार्वजनिक भएको छ । रिलिज अगावै दर्शकको राम्रो साथ पाएको उक्त गीतमा दीपकराज गिरी, दीपा श्री निरौला, बेनिशा हमाल, राज आचार्य लगायतका कालकारहरुको अभिनय देख्न सकिन्छ ।

गीतमा भालेश्वर मन्दिरको दृष्य पनि कैद गरिएको छ । छायांकनको दौरान भालेश्वर मन्दिर पुगी दीपा श्रीले लगाएको सिन्दुरको विषयले खुबै चर्चा पाएको थियो । उक्त तस्बिर सार्वजनिक भएलगत्तै धेरैले दीपाले विवाह गरेको अनुमानसमेत गरेका थिए ।

४ घण्टा अगाडि सार्वजनिक भएको गीतले अहिलेसम्म एकलाख दर्शकको साथ पाएको छ । शंकर अधिकारी (घायल) को शब्दमा निर्माण भएको गीतमा बाबुल गिरीले स्वर दिएका छन। भिडियोलाई कविराज गहतराजले कोरियो ग्राफी गरेका हुन् ।

फागुन १९ बाट देशव्यापी लागेको चलचित्र ‘छक्कापञ्जा ४’ले अहिले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । हेमराज बिसि निर्देशित चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, लगायतका कलाकारहरको अभिनय रहेको छ। चलचित्रलाई दिपेन्द्र खाँनिया र केशव न्यौपानेले मिलेर निर्माण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर