अन्जन र अरुणालाई सवोत्कृष्ट खेलाडीको अवार्ड – Nepal Press

अन्जन र अरुणालाई सवोत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं । १९ औं संस्करणको एनएसजेएफ स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उत्कृष्ट वर्ष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाहीले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो ।

पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै यो अवार्ड जिते ।

अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए । अन्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।

विष्टले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बी मा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । त्यस्तै, १३औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल गर्नुका साथै नेपाल सुपर लिग (एनएसल)मा सर्वश्रेष्ठ फरवार्डका रुपमा प्रदर्शन गरेका थिए ।

त्यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड भलिबल टीमकी कप्तान अरुणा शाहीले जितिन् ।

वर्ष महिला खेलाडीको मनोनयनमा परेका क्रिकेटका सीताराना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारीलाई पछि पार्दै अरूणाले बर्ष खेलाडीको अवार्ड जतेकी हुन् ।

नेपालले बङ्गलादेशको ढाका मिरपुरमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्सीपको उपाधि रक्षा नेपालले गर्दाका कप्तान । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको थियो ।

अरुणा प्रतियोगिताको ‘बेस्ट सेटर’ हुनु तथा छैटौँ एनभीए कपमा ‘बेस्ट सेटर’ रहेका थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर