मलाई कृषिमन्त्री बन्न मन छैन, बने भनेँ कृषिमा अचम्मको काम गर्न सक्छु : शशांक कोइराला (भिडिओ) – Nepal Press

मलाई कृषिमन्त्री बन्न मन छैन, बने भनेँ कृषिमा अचम्मको काम गर्न सक्छु : शशांक कोइराला (भिडिओ)

नवलपरासी । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद प्रा डा शशाङ्क कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने बताए ।

‘हुन त मलाई कृषिमन्त्री बन्न मन छैन । तर, मैले कृषि मन्त्रालय लिएँ भने कृषिमा अचम्मको कुरा गर्नसक्छु भन्ने त्यो विश्वास मसँग छ’, नेता कोइरालाले भने । कृषि क्षेत्रको विकास नभएसम्म नेपालको विकास हुनै नसक्ने कुरा नेता कोइरालाले दोहोर्याए ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ को आज उद्घाटन गर्दै प्राडा कोइरालाले सम्भावना हुँदाहुँदै पनि जमिनहरु बाँझो राख्नु दुर्भाग्य भएको बताए । ‘अहिले गाउँमा गयो भयो जमिनहरु बाँझो र रित्तो छन्’, उनले भने, ‘हामीले कृषिलाई प्रोत्साहन गर्नुपर्यो ।’

सरकारले कृषिलाई अनुदान दिनसक्नुपर्ने भन्दै नेता कोइरालाले कृषिमा सरकारले एक प्रतिशत पनि बजेट छुट्याउन नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर