सर्ट मुभि ‘कान्छा २’ शुक्रबार रिलिज हुने, यी कलाकारको प्रस्तुति रहने – Nepal Press

सर्ट मुभि ‘कान्छा २’ शुक्रबार रिलिज हुने, यी कलाकारको प्रस्तुति रहने

काठमाडौं । छोटो चलचित्र ‘कान्छा २’ शुक्रबार रिलिज हुने भएको छ । इन्द्रेणी सिने इन्टरटेनमेन्टको युट्यूब च्यानलबाट रिलिज हुन लागेको कान्छा २ को ट्रेलरको रुपमा गीत भने यसअघि नै सार्वजनिक भइसकेको छ । गीतमा राज सागरको स्वर र कम्पोजिसन रहेको छ भने कुशल सिंहको शब्द समावेश छ ।

गाउँले परिवेशको प्रेम कथालाई बोल्ने ट्रेलरले मनोमोहक सिन समेटेको देखिन्छ भने उदाउँदा कलाकार विराज बाँस्कोटा र अपेक्षा सिवाकोटीलगायत कलाकारको अभिनयले दर्शकको ध्यान खिच्न सक्छ । चलचित्रमा नगीन धिमाल, सुजन सिवाकोटी, लेखराज तामाङ, तारा तामाङ, सुमन मग्रातीको पनि अभिनय देख्न सकिन्छ ।

छोटो चलचित्र ‘कान्छा २’ मा ग्रामीण भेगको दुःख, संघर्ष र शैक्षिक बेराजगारीले गर्दा भोग्नु परेको यथार्थलाई चित्रण गरिएको छ । गाउँको एक युवकले दुःख सुखले उच्च शिक्षा हासिल गरेपछि गाउँमै रहेर संघर्ष गर्ने र सुन्दर गाउँ बनाउने सपनामा आधारित चलचित्रमा सो युवकको जीवन भोगाइलाई उतारिएको निर्देशक इन्द्र कार्कीले बताए ।

दुई दर्जन बढी म्युजिक भिडिओमा काम गरिसकेका बिराजको यो फरक स्वाद हुन सक्छ । विभिन्न रंगमञ्चमा आफूलाई अब्बल सावित गरिसकेका उनले केही महिनाअघि मात्रै सिल्पी थियटरमा विश्वविख्यात साहित्यकार रवीन्द्रनाथ टेगोरको नाटक ‘मालिनी’मा देखाएको अभिनयले चर्चामा आएका थिए । गायनमा समेत रुचि राख्ने उनको ‘कान्छा २’ मुख्य भूमिका रहेको छ ।

इन्द्र कार्कीको कथा, निर्देशन र निर्माण रहेको ‘कान्छा २’ यसअघिको सिक्वेलको रुपमा रहेको हो । नगीनको छायांकन रहेको छ भने तिर्थराज राईको सम्पादन रहेको छ ।

यस्तो छ गीतको भिडिओः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर