बलात्कारको आरोपमा रंगेलीमा एकजना पक्राउ – Nepal Press

बलात्कारको आरोपमा रंगेलीमा एकजना पक्राउ

विराटनगर । विहे घरबाट फर्कँदै गरेकी महिलालाई कारणी गरेको आरोपमा मोरङको रंगेलीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा रंगेली नगरपालिका ७ का ३२ वर्षीय भरत मण्डल रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति विहेमा गएर घर फर्किँदै गरेकी युवतीलाई उनले एक्लै भएको मौका छोपेर बलात्कार गरेको पीडित पक्षको आरोप छ । मण्डललाई सोमबार बिहान इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायक उपरीक्षक टिकाबहादुर कार्कीका अनुसार अहिले मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धानको भइरहेको छ ।

कार्कीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *