सद्गुरुको लिङ्ग भैरवी प्राण प्रतिस्थापन उत्सव नेपालमा – Nepal Press

सद्गुरुको लिङ्ग भैरवी प्राण प्रतिस्थापन उत्सव नेपालमा

काठमाडौं । सद्गुरुले लिङ्ग भैरवीको प्राण प्रतिस्थापन गर्ने भैरवी उत्सव नेपालमा हुने भएको छ ।

ईशा फाउन्डेसनको आयोजनामा सो संस्थाका संस्थापक सद्‌गुरुले मार्च ९ मा लिङ्ग भैरवीको प्राण प्रतिस्थापन गर्ने जनाइएको छ । उत्सवअन्तर्गत सद्गुरुसँग सत्संग पनि हुने बताइएको छ ।

सद्गुरुका अनुसार पुरुष गुण र स्त्री गुण भनेको पुरुष र नारी हुनु होइन । ‘स्त्री गुण पुरुषमा पनि उति नै हुनसक्छ जति महिलामा हुन्छ । यी दुई गुण हुन् । यी दुई गुण सन्तुलनमा हुँदामात्रै मानिसले तृप्त जीवन जिउन सक्छ’, उनले भने ।

उत्सव सद्गुरुका विभिन्न सांस्कृतिक जीवनशैलीमा आधारित हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर