जीवन विकास लघुवित्तका कर्मचारीमाथि मोरङमा कुटपिट – Nepal Press

जीवन विकास लघुवित्तका कर्मचारीमाथि मोरङमा कुटपिट

सुनियोजित आक्रमण भएको दाबीसहित लघुवित्तले गर्‍यो निन्दा

काठमाडौं । जीवन विकास लघुवित्तका कर्मचारीमाथि मोरङमा कुटपिट गरिएको छ ।

बजार जानेक्रममा केही व्यक्तिले कुटपिट गरेको भन्दै लघुवित्तले ध्यानाकर्षण भएको जनाएको छ । झापाको गौरीगंज शाखामा कार्यरत फिल्ड कर्मचारी बिदाको दिन मोरङस्थित हाटबजारमा जाँदा केही व्यक्तिले हातपात गरेको लघुवित्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीलाई कुटपिट गरिएकोमा उल्टै गर्भवती महिलामाथि हातपात गरेको आरोपमा फिल्ड कर्मचारीलाई पक्राउ गरिएको प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

‘बिदामा रहेको कर्मचारीलाई मिथ्या आरोप लगाउने, मादक पदार्थ सेवन गरेको अराजक व्यक्तिले कुटपिट गर्ने र उल्टै जोकोहीलाई विभिन्न लाञ्छना लगाउने कार्य निन्दनीय छ । यस्ता कार्यको वित्तीय संस्था घोर भर्त्सना गर्दछ ’, जीवन विकास लघुवित्तले भनेको छ ।

२० वर्षदेखि निरन्तर सामाजिक आर्थिक क्षेत्रमा कार्यरत रहेको संस्थाका कर्मचारीप्रति सुनियोजित आक्रमण गरिएको लघुवित्तले दाबी गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *