नेप्से परिसूचक ३० अंकले घट्यो – Nepal Press

नेप्से परिसूचक ३० अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ बिन्दुमा अडिएको छ ।

यसअघिको कारोबार पनि दोहोरो अंकले घटेको थियो । आज ३८ लाख ३२ हजार ४५९ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन सुपर मादी हाइड्रोपावर कम्पनी सर्वाधिक नाफा कमाउनेमा शीर्ष स्थान रहेको छ भने यसको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सामलिङ पावर कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आइतबार सबै उपसमुह ओरालो लागेको छ । आइतबार बजार पुँजीकरण २८ खर्ब ४६ करोड ५३ लाख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर