स्ववियु चुनावमा एमालेनिकट अनेरास्ववियुविरुद्ध मोर्चाबन्दी गर्ने आठ दलका संगठनबीच सहमति – Nepal Press

स्ववियु चुनावमा एमालेनिकट अनेरास्ववियुविरुद्ध मोर्चाबन्दी गर्ने आठ दलका संगठनबीच सहमति

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा ८ दलीय गठबन्धन दलका विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । एमालेनिकट अनेरास्ववियुविरुद्ध गठबन्धनका विद्यार्थी संगठनले मोर्चाबन्दी गर्ने सहमति गरेका हुन् ।

अहिले गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा छन् ।

यी दलका विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

उनले भने, ‘हामीले केन्द्रमा रहेका आठदलीय गठबन्धननिकट संगठनबीच सहकार्य गरेर जाने सहमति गरेको छौं । तर, तल्लो तहका क्याम्पसहरूमा आवश्यता हेरेर चुनावी मोर्चाबन्दी गर्ने भनेका छौं ।’

भनेपछि जिल्ला तहका क्याम्पसहरूमा एमालेनिकट विद्यार्थी अनेरास्ववियुसँग पनि सहकार्य हुनसक्छ ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले गठबन्धन दलसँगको तालमेललाई प्राथमिकता दिएका छौं । तर, आवश्यकता हेरेर अनेरास्ववियुसँग पनि हुनसक्छ ।’

यस्तै, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन चुनावी तालमेलको विषयमा गठबन्धनका संगठनबीच बीच छलफल भइरहेको बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रो संगठनले यसअघि नै एक्लै लड्ने औपचारिक निर्णय गरेको हो । अहिले गठबन्धन दलका संगठनबीच विभिन्न कोणबाट छलफल गरिरहेका छौं । तर, ठोस सहमति भएको मेरो जानकारीमा छैन ।’


प्रतिक्रिया

One thought on “स्ववियु चुनावमा एमालेनिकट अनेरास्ववियुविरुद्ध मोर्चाबन्दी गर्ने आठ दलका संगठनबीच सहमति

  1. यी भतुवाहरु एकल चुनाब लड्न नसक्ने भए चुनाब किन माग गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर