संगठन दर्ता गर्न नदिएको भन्दै थापाथली क्याम्पसमा अनेरास्ववियूले लगायो ताला


काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ ।
अखिलले क्याम्पसको निर्वाचन समितिले जालझेलपूर्ण ढंगले संगठन दर्ता गर्न नदिइएको आरोप लगाउँदै तालाबन्दी गरेको हो ।
संगठनका उपमहासचिव अशोक थापाले संगठन दर्ताका जाँदा निर्वाचन समितिले जालझेल गरेर समय सकिने बेलासम्म पर्खाएको र पछि समय सकियो भनेर दर्ता गर्न नदिइएको बताए ।
‘संगठन दर्ता गर्न हाम्रो साथीहरु जाँदा लाइन बसिसक्दा पनि क्याम्पसको निर्वाचन समितिले जालझेलपूर्ण ढंगले हुन्छ हुन्छ भनेको पछि समय सकियो हुदैन भनेर दर्ता गर्न दिइएन’, थापाले भने ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आगामी चैत ५ गते स्ववियू निर्वाचन हुँदैछ ।