टेलिकमको फाइबर सेवामा समस्या, सुचारु गर्न केही समय लाग्ने – Nepal Press

टेलिकमको फाइबर सेवामा समस्या, सुचारु गर्न केही समय लाग्ने

काठमाडौं । नेपाल टेलिकमको फाइबर सेवामा आएको समस्या पुनः सुचारु गर्न केही समय लाग्ने भएको छ ।

टेलिकमले अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरण आबद्ध गरी सेवा सञ्चालन गरिरहेको र सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा संरचनामा क्षति पुग्ने गरेकोले समस्या आएको कम्पनीले बताएको छ ।

क्षतिको प्रकृति अनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्नसक्ने सम्भावना रहेको टेलिकमले बताएको छ ।

काठमाडौं उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको देखिएको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *