एमाले झापा जिल्ला उपसचिव चन्द्रकलासहित ४ जनाद्धारा पार्टी परित्याग – Nepal Press

एमाले झापा जिल्ला उपसचिव चन्द्रकलासहित ४ जनाद्धारा पार्टी परित्याग

काठमाडौं । नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रकला श्रेष्ठसहित चारजनाले एमाले परित्याग गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै श्रेष्ठसहित बाह्रदशीका प्रदेश सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, हलोदिन मिया र रहिम मियाले एमाले परित्याग गरेको जनाएका छन् ।

पार्टीमा व्यक्तिवाद हाबी भएको,झापा ३ राप्रपालाई जिम्मा लगाएर एमाले कार्यकर्तामाथि दमन गरिएको तथा आफू उपसचिव भए पनि पदाधिकारी बैठकमा समेत नबोलाइएको श्रेष्ठले बताएकी छन् । तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने समेत उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर