सुदूरपश्चिममा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु – Nepal Press

सुदूरपश्चिममा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु

कैलाली । आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु भएको छ । कांग्रेस सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थितिमा बैठक सुरु भएको हो ।

केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरीस्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको हो । यहाँ कांग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थित छन् ।

राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गराउन आज यहाँका ४ दलका सांसदहरूलाई प्रशिक्षण भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर