बैंक तथा वित्तीय संस्थासम्‍बद्ध संस्थाले भने- ऋण लिएर तिर्दिन भन्न मिल्दैन – Nepal Press

बैंक तथा वित्तीय संस्थासम्‍बद्ध संस्थाले भने- ऋण लिएर तिर्दिन भन्न मिल्दैन

काठमाडौं । केही व्यवसायी तथा ऋणीले बैंक तथा वित्तीय संस्थाविरुद्ध नकारात्मक टिप्पणी तथा आन्दोलन गरेको भन्दै बैंक तथा वित्तीय संस्थासम्बद्ध संघसंगठनले ध्यानाकर्षण भएको बताएका छन् ।

त्यस्ता क्रियाकलापलाई कर्मचारीहरू हतोत्साही हुने गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरू र अराजक व्यवहार भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले ४ करोड ८३ लाखभन्दा धेरै निक्षेप खाता मार्फत झण्डै ५ हजार ४०० अर्ब निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीहरु मार्फत् ४ हजार ८०० अर्बभन्दा धेरै कर्जा परिचालन गर्दै आइरहेका छन् । देशको दूरदराजमा लघुवित्त संस्थाहरूले झण्डै ६० लाख निक्षेप खाता तथा ३२ लाख भन्दा धेरै ऋणीहरूलाई सेवा प्रदान गरिरहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘कुनै पनि बैंक वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रूपमा कर्जाको साँवा किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन । विभिन्न शर्तहरूको अधिनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका कियाकलापहरू कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्न सक्ने हुनाले यस प्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौं,’ वित्तीय संस्थाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सयुक्त विज्ञप्ति निकालेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर