राजनीतिक र पारिवारिक कथामा ‘प्रसाद २’को ट्रेलर – Nepal Press

राजनीतिक र पारिवारिक कथामा ‘प्रसाद २’को ट्रेलर

काठमाडौं । चैत्रको २४ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको छ ।

फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । उनीहरुको बैबाहिक जीवनपछि जातीयताको कारण आउने समस्या, त्यसमा अन्य व्यक्तिहरुले खेल्ने खेलको कथामा फिल्म बनेको वुझ्न सकिन्छ ।

फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुशील पौडेलको कथा छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको संगीत छ ।

फिल्मको निर्माता सुदर्शन बस्नेत हुन् । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मको ट्रेलरले दर्शकमा उत्साह र अपेक्षा बढाउने पक्का छ ।

एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरेको हो । ‘प्रसाद’ व्यापारिक र समीक्षागत रुपमा हिट भएपछि यसको निर्माणपक्षले यसको सिक्वेलको निर्माण गरेको हो ।

लभ स्टोरी फिल्मबाट आफूलाई सफल निर्देशकको रुपमा प्रमाणित गरिसकेका निर्देशक थापाले ‘प्रसाद २’बाट सामाजिक कथामा पनि आफूलाई अब्बल प्रमाणित गर्ने छनक दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर