हुण्डाईको नयाँ मोडल नेपाली बजारमा, कति पर्छ मुल्य ? – Nepal Press

हुण्डाईको नयाँ मोडल नेपाली बजारमा, कति पर्छ मुल्य ?

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्चब्याक’ सेग्मेन्टमा ‘ग्राण्ड आई १० निओस’ को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार गाडीको पछिल्लो भागमा सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित ‘एलईडी टेल लाइटस’ जडित लाइटबारले नयाँ स्वरूप दिएको छ । त्यस्तै, अघिल्लो भागमा रहेको ‘पेन्ट ब्लयाक रेडिटर ग्रील’ र ‘एलईडी डे टाइम रन्ंि ल्याप’ ले गाडीलाई बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ ।

साथै १५ इनच ‘डुअल टोन स्टेड ह्वूल, प्रोजेक्टर हेड लेम्पस, सार्क फीन एनटिना र रुफ रइल’ र्ले बढी आकर्षक बनाएको छ ।

त्यस्तै, सुरक्षाको हिसाबले पहिले भन्दा पनि बढी परिष्कृत र नवीनतम भएको, अझ बलियो र सुरक्षित ‘एएचएचएस’ द्वारा तयार गरिएको चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा ‘एयर ब्यागस, ईएससि, भिएसएम, एचएसी र रियल पार्किं क्यामरा वूइत डिस्पिले अन अडीयो’ लगायतका फिचरहरु समावेश गरिएको कम्पनीले जनाएको छ ।

गाडीमा ‘सेमी फाब्रीक सिट’ दिएको छ भने ‘टिल्ट स्टेरिं, कुल्ड ग्लोभ बक्स, फुटवेल लाइटीं ८, इनपफोमिसन सिस्टम यूस्बि चार्जले चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउने कम्पनीले बताएको छ ।

यसको प्रारम्भिक मुल्य २९ लाख ९६ हजार देखी रहेको जनाइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर