राष्ट्रपतिमा जिताइदिन मत माग्दै रामचन्द्र पौडेलले सांसदहरुलाई लेखे पत्र – Nepal Press

राष्ट्रपतिमा जिताइदिन मत माग्दै रामचन्द्र पौडेलले सांसदहरुलाई लेखे पत्र

काठमाडौं । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मत माग्दै सांसदहरुलाई पत्र लेखेका छन् ।

उनले आज ८ दलका सांसदहरुलाई पत्र लेख्दै आफू सबै धर्म, संस्कृति जात, वर्ग, लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिकल्पना गर्दै परिवर्तनको जगेर्ना गर्ने अठोटका साथ राष्ट्रपतिको उम्मेदवार बनेको उल्लेख गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ बनेको ८ दलको समर्थन पोडेललाई छ भने नेकपा एमालेका तर्फबाट सुवास नेम्बाङ चुनावी मैदानमा छन् ।

पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर