रामचन्द्रलाई राष्ट्रपति जिताउने संकल्पसहित जुटे ८ दलका सांसद (तस्बिरहरू) – Nepal Press

रामचन्द्रलाई राष्ट्रपति जिताउने संकल्पसहित जुटे ८ दलका सांसद (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठदलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिएको छ । आसन्न राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउने संकल्पसहित प्रशिक्षण कार्यक्रम राखिएको हो ।

गठबन्धनका दलहरूले यसअघि राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रसमेत बनाइसकेका छन् ।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा तीनकुनेस्थित एक ब्याक्वेटमा प्रशिक्षण कार्यक्रम जारी छ । प्रशिक्षणमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई बोलाइएको छ ।

कार्यक्रममा गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत पार्टी, लोसपा, नागरकि उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । पौडेलविरुद्ध एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई खडा गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर