प्रदेशको नाम राखेकोमा हिक्मत कार्कीलाई शेरधनको बधाई – Nepal Press

प्रदेशको नाम राखेकोमा हिक्मत कार्कीलाई शेरधनको बधाई

काठमाडौँ । प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामकरण नेतृत्व गरेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धन्यवाद र बधाई दिएका छन् ।

आफ्नो क्याबिनेटको दोस्रो वरियताका मन्त्री कार्कीले मुख्यमन्त्री भएपछि नाम राख्न सफलता पाएको भन्दै राईले बधाई दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘आज प्रदेशले नाम पाएको छ, म माननीय मुख्यमन्त्री हिकमत कार्कीलाई धेरै धेरै बधाई सहित धन्यवाद भन्न चाहन्छु ।’

आफ्नो मुख्यमन्त्री कालमा नाम राख्न छलफल गरेको तर सबै दलहरूले आन्तरिक तयारीमा समय नभएको भनेपछि राख्न नसकिएको राईले बताएका छन् ।

प्रदेश नामकरणमा शेरधन सरकार असफल भएपनि प्रदेश राजधानी घोषणामा भने सफल भएको थियो। २०७६ वैशाख २३ मा राजधानी घोषणा भएको थियो।

प्रदेश नामकरणपछिको शेरधन राईको प्रतिक्रिया


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर